Categories
technology news technology tech nepal TIP AND TRICK

विच्याटले पायो नेपालमा कारोबार गर्ने अनुमति, एनएमबी बैंकमार्फत् कारोबार हुने

अन्तर्राष्ट्रिय डिजिटल पेमेन्ट कम्पनी विच्याटले नेपालमा कारोबारको अनुमति पाएको छ। नेपालमा कारोबार गर्नको लागि एनएमबी बैंकले विच्याटलाई एक्वायर गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

अब नेपालमा विच्याटको कारोबार एनएमबी बैंकमार्फत् हुनेछ। विच्याट चीनमा सबभन्दा बढी प्रयोग हुने डिजिटल पेमेन्ट सिस्टम हो।

नेपाल राष्ट्र बैंकको भुक्तानी विभागका प्रमुख रेवती नेपालका अनुसार विच्याटले कारोबारको लागि एक महिना अघिनै अनुमति पाएको थियो। अनुमति पाए पनि कारोबार गरेको सूचना भने अहिलेसम्म नपाएको उनले बताए।

उता एनएमबी बैंकले भने आन्तरिक प्रक्रियाका कारणले कारोबार अहिलेनै सुरू भइनसकेको जनाएको छ।

बैंकका उच्च स्रोतका अनुसार चीनमा पछिल्लो भाइरसका कारण यस सम्बन्धित प्रक्रिया तथा छलफल रोकिएको जनाएको छ।

बैंकले विशेषगरी चीनबाट नेपाल भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर सुविधा दिने बताएको छ।

बैंकले पहिलो चरणमा होटल तथा सपिङ मलमा भुक्तानी गर्दा विच्याटको सुविधा दिने जनाएको छ।

योसँगै नेपालमा डिजिटल पेमेन्टको अनुमति पाउने पहिलो कम्पनी पनि बनेको छ। त्यसो त राष्ट्र बैंकले यसअघि नै विभिन्न कम्पनीहरूले नेपालमा डिजिटल पेमेन्ट कारोबार भइरहेको बताइएको थियो।

चर्चा भएसँगै राष्ट्र बैंकले सूचना निकालेर कारोबार नगर्न आग्रह गरेपछि कारोबार बन्द भयो।

अब भने नेपालमा डिजिटल पेमेन्टको लागि विच्याटले वैधानिक मान्यता पाएको छ।

2 replies on “विच्याटले पायो नेपालमा कारोबार गर्ने अनुमति, एनएमबी बैंकमार्फत् कारोबार हुने”

Hello, just wanted to say, I liked this blog post. It was inspiring.
Keep on posting!

P.S. If you have a minute, would love your feedback on my new website re-design. You can find it
by searching for “royal cbd” – no sweat if you can’t.

Keep up the good work!

Leave a Reply

Your email address will not be published. Required fields are marked *