Categories
football news

क्लब ब्रुगमाथि म्यानचेस्टर युनाइटेडको शानदार जित

दोश्रो लेगमा ५-० ले विजयी भएको म्यानचेस्टर युनाइटेड युरोपा लिगको अन्तिम १६ मा पुगेको छ।

बिहीबार भएको खेलमा क्लब ब्रुगलाई ५-० ले हराएको युनाइटेड समग्रमा ६-१ ले विजयी हुँदै अन्तिम १६ मा पुगेको हो।

यस जितमा युनाइटेडले खेलको २७, ३४, ४१, ८२ र ९०+३ मिनेटमा गोल गरेको थियो।
उसका लागि यी गोलहरू क्रमशः ब्रुनो फेर्नान्डेस, ओडियन इग्हालो, म्याकटोमिनी र फ्रेडले गरेका हुन्।

टोलीलाई ५-० को शानदार जित दिलाउने क्रममा फ्रेडले खेलको ८२ औं तथा अतिरिक्त समयको तेश्रो मिनेटमा दुई गोल गरेका थिए।

२२ औं मिनेटमा ब्रुगका डेलीले रातो कार्ड खाएपछि टोली १० खेलाडीमा सिमित हुन पुगेको थियो।